जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल छाडेका नेताहरू ओलीसँग वार्ता गर्दै, १० बुँदे कार्यान्वयनबारे छलफल

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ नदिएका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीसँग निर्णायक छलफलका लागि भन्दै उनीहरू बालकोट पुगेका हुन् ।

आफ्नो समूहको स्थायी कमिटी बैठकपछि आइतबार शंकर पोखरेललगायतका नेताहरूसँग वार्ता गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू १० बुँदे कार्यान्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।

१० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भइरहेको बताइएको छ । १० बुँदे कार्यान्वयनका क्रममा जहाँ समस्या आउँछ, त्यसको समाधानका लागि कार्यदल बनाउनेसमेत एमालेको तयारी छ ।

नेपालले एमाले विभाजनपछि सो समूहबाट पनि अलग भएका उनीहरूले एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरूको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

दुवै पक्षका नेताहरूको आइतबार भएको छलफलमा सहमति कार्यान्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरूको वार्ता भएको थियो । 

एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नरहेको पोखरेलले बताए । उनकाअनुसार तत्कालै स्थायी कमिटी बैठक बसेर १० बुँदे कार्यान्वयन र जेठ २ अघिका कमिटीहरू क्रियाशील बनाइनेछ । १० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरूसहितको बैठक बस्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि