जेठ ०४, २०८१, शुक्रबार
               

टीकापुर घटनाको ६ वर्ष : किन लुकाइयो लाल आयोगको प्रतिवेदन ?

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

थरुहट थारुवान् र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पुरा भएर ७ वर्ष लागेको  छ । २०७२ साल भदौ ७ गते  भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षक द्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो । 

यसै गरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो ।  उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।

आन्दोलनरत थरुहट÷थारुवान् संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमअन्तर्गत उनीहरू टिकापुरतर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरीमाथि आक्रमण भएको थियो ।  

उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन् । तर  चौधरी र उनको दलले भने अस्वीकार गरिरहेको छ । हाल चौधरी केन्द्रीय कारागार जेल जीवन बिताइरहेका छन् । 

घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिवेदन पेस नगरेको भन्दै थरुहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउँदै आएका छन् । वर्तमान संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख छ । तर, घटनाको ६ वर्षसम्मपनि सार्वजनिक गरिएको छैन । 

 


कस्तो लाग्यो ?

यो पनि