बैशाख ०८, २०८१, शनिबार
               

चन्द्रागिरि पुगेर फेरि सुनाए ओलीले कविता
शैक्षिक सुधारका लागि एक लाख सहयोग

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताएका छन् ।

आज (शुक्रवार) चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल-चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको स्पष्ट पारे । 

जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने उनले बताए । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको उल्लेख गरे । 

उनले भने, ‘देशको, नागरिककाे सेवाबाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यस कारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्र्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पार्‍याे । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईँहरू काम लगाउनुहोस् ।’

एक लाख सहयोग

कार्यक्रममा अध्यक्ष ओलीले शिक्षा सुधारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । ओलीले चन्द्रागिरि नगरपालिका १९ मा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । उनले त्यस क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताए । 

अध्यक्ष ओलीले कार्यक्रममा बस्दा-बस्दै कविता लेखे ।  शीर्षक आफै राख्नुहोस् भन्दै उनले कविता वाचन गरे ।

यस्तो छ ओलीकाे कविता :

इच्छुमतिको किनार,

घुमेर मिराडिल

घुम्दै आइपुगियो

यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव र पौरख

यहीँका

डाडाँहरुका सतिदेवी

काँधमा बोकेर

शोकमग्न शिवजी

भौतारिएका थिए

यहीँ चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले

चित्लाङबाट

गोपालीहरु

उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर

इच्छुमतिको किनार, घुमेर भिराडील

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुकेका थिए 

यही ठाउँमा अहिले फालिएको भिरलाई

गन्तव्य बनाएका छन पौरखीहरुले ।

स्मरण रहोस्- अध्यक्ष ओलीले तीन वर्षअघि पनि चन्द्रागिरि हिल्समा ‘सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ’ भन्ने सन्देशको कविता लेखेर सुनाएका थिए ।

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलन–२०७५ अन्तर्गत २०७५ असार ३१ गते चन्द्रागिरि सिर्जना यात्रामा ओलीले सिर्जना गरेको कविता यस्तो थियो ।

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !

बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ ।

मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ

सगरमाथा, लुम्बिनी, मेची, महाकाली

हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली ।

सपनामा भए पनि देख्न पाउँ

चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ

म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।

यो पनि