बैशाख ३०, २०८१, आइतबार
               

ओलीले एमाले कब्जा गरेपछि पार्टी पुनर्गठन गर्न बाध्य : माधव नेपाल

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

‘नेकपा (एकीकृत समाजवादी)’ का अध्यक्ष माधव नेपालले केपी ओलीले एमाले कब्जा गरेपछि पार्टी पुनर्गठन गर्न आफू बाध्य भएकाे बताएका छन् । कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि आफूले बाध्य भएर नयाँ पार्टी खाेल्नु परेकाे उनले बताए।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन्। 'नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ।' उनले भनेका छन्, 'एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं।'

दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने पनि उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि