जेठ ०२, २०८१, बुधबार
               

नेपाल र ठाकुर पक्षलाई सनाखतका लागि भदौ ९ गते आयोगले बोलायो

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएको छ। निर्वाचन आयोगले नयाँ दल दर्ताकाे सनाखतकाे लागि माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि ९ गते बोलाएको हाे ।

दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको निर्वाचन आयोगले जनाएकाे छ । शुक्रबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका थिए।

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् ।


कस्तो लाग्यो ?

यो पनि