बैशाख ३०, २०८१, आइतबार
               

माधव समूहकाे पार्टीकाे नाम अब नेकपा(एकिकृत समाजवादी)

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

एमाले विभाजन गरी नयाँ दल दर्ताको लागि निवेदन दिएको माधवकुमार नेपाल समूहले आफ्नो दलको नामबाट एमाले झिकेको छ । अब नेपाल अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखेर दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिए पनि  आज १ बजे नाम सच्याउन माधव समूह आयोग पुगेका हुन् । 

आजै नेकपा एमालेका नेताहरू मिल्दो नाम दर्ता नगर्नू भन्दै आयोगमा पुगेर दबाब दिएपछि माधव नेपाल समूहले नाम दर्ताका लागि आयोग पुगेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दर्ता आजै भइसकेकाे आयोगले जनाएकाे छ । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल फ्ल्याससँग भने-‘अस्ति आएर एउटा निवेदन दिनु भयो । यता एमालेले हाम्रो पार्टीसँग मिल्दो नाम भएको अर्काे पार्टी दर्ता नहोस् भनेर निवेदन दियो । त्यसपछि अघि १ बजे नाम नेकपा (एकीकृत समाजवादी) राखियोस् भनेर निवेदन आएकाे छ ।’ 


कस्तो लाग्यो ?

यो पनि