जेठ ०६, २०८१, आइतबार
               

माधव नेपालको पार्टीको नामबाट एमाले हट्ने

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

नेकपा एमालेबाट अलग भएका माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिए पनि सोही नाम नपाउने भएका छन् ।

यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रवार फेरि निवेदन दिने तयारी छ। सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुन्ड्याएर अर्को दल दर्ता गर्न मिल्दैन ।

एमाले (समाजवादी) नेकपा एमालेसँग मिल्दोजुल्दो छ । आयोगमा दर्ता भइसकेको पार्टीको नाम र चिह्नसँग मिल्दोजुल्दो नाम र चिह्न राख्न नमिल्ने भएकाले प्रस्तावित एमाले समाजवादी दलले मागअनुसारको नाम पाउने सम्भावना छ। 

‘उहाँहरूले दिएको निवेदन अनुसारको नाम नै मिल्दैन । राजनीतिक दल सम्बन्धी दलले दर्ता भएको दलको नाम र चिह्न संरक्षण गर्नुपर्छ भन्छ । त्यो संरक्षण गर्ने दायित्व आयोगको पनि हो । एउटा दर्ता भइसकेको नामसँग जोडेर त्यो अर्को दल दर्ता गर्न पाइँदैन,’ आयोगका एक आयुक्त भन्छन् ‘एमाले समाजवादीले मागेको चुनाव चिह्न पनि अर्को दलले माग गरेको छ । हामीले मिल्दाजुल्दा केही दलको चुनाव चिह्न खारेजसमेत गरेका छौँ ।’

माधव समूहले खुल्ला किताब चिह्न माग गरेको भए पनि उक्त चिह्न अर्को दलले दाबी गरेको छ । त्यस्तै आयोगले निवेदनमा विधान, नियमावली, पहिलाको दलको केन्द्रीय कमिटीका २० प्रतिशत छ कि छैन, संसदीय दलको २० प्रतिशत छ कि छैन, दल दर्ताका लागि केन्द्रीय कमिटीमा राखिएका सदस्यहरूको स्वीकृति भए नभएको कडाइका साथ हेर्ने आयोगले जनाएको छ ।

यो पनि