जेठ ०६, २०८१, आइतबार
               

नेपाल पक्षका सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुखको कार्यालय पुगे एमाले सांसद

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सभामुख अग्नि सापकोटालाई दबाब दिएका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यलयमा पुगेर सांसदहरूले एमालेको पत्रमाथि सूचना जारी गर्न सभामुखलाई दबाब दिएका हुन् । 

सांसदहरू महेश बस्नेत, खगराज अधिकारीलगायत अहिले सभामुखको कार्यकक्षमा पुगेका छन् । कार्यकक्षमा पुगेका सांसदहरू सभामुख सापकोटा आइनपुगेकाले प्रतिक्षा गरिरहेका छन् । दबाब दिन पुगेका सांसदहरुले कारबाहीको सूचना जारी गर्न ढिलाई भए धर्ना बस्नेसमेत चेतावनी दिएका छन् । 

सांसद बस्नेतले शुक्रबार धर्ना नै दिने मनसायले सभामुख भेट्न आइपुगेको बताए ।  

कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न बिहीबार पनि एमालेले सापकोटाको ध्यानाकर्षण गराएको थियो ।  एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका थिए । 

एमाले अध्यक्ष ओलीले विहीबार एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सभामुख सापकोटालाई न्यायाधीश वा माओवादीजस्तो ‘नपल्टिन’ चेतावनी दिँदै १४ जनामाथिको कारवाहीको सूचना तत्काल नटाँसिए संसद चलाउन नदिने बताएका थिए । 


कस्तो लाग्यो ?

यो पनि