जेठ ०६, २०८१, आइतबार
               

रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव समूहका युवा नेता झा नियुक्त

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ । नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरञ्जन झालाई मन्त्रिपरिषद् बैठकले महाप्रबन्धक नियुक्त गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेको थियो ।

उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए । एमाले फुटाएर एमाले समाजवादी गठन गरेपछि माधवकुमार नेपाल पक्षले धमाधम नियुक्ति पाउन थालेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश प्रमुखमा माधव पक्षीय यादव शर्मालाई नियुक्त गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि