जेठ ०६, २०८१, आइतबार
               

विशाल भट्टराईको नेतृत्वमा १४ सांसदलाई कारवाही गर्न सभामुखको ध्यानाकर्षण

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका १४ सांसदलाई कारवाही गर्न प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले सभामुख अग्निसापकोटाको ध्यानाकर्षण गराएको हो ।

एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दार्ताका लागि निवेदन दिइसकेका छन् । एमाले स्थायी कमिटी बैठकले १ भदौमा माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

पार्टीले कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ । तर, एमालेले कारबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि