जेठ ०१, २०८१, मंगलबार
               

सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने निश्चित छ : कमल थापा

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारले ल्याएको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने निश्चित भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने तथा सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने टिप्पणी गरेका हुन् । साथै, उनले अपवित्र गठबन्धन सरकारको अध्यादेश भनेर पनि टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र (?) गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र  राजनीतिक अस्थिरता बढाउने निश्चित छ, कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिँड्यो, यो शुभ संकेत होइन ।’

यो पनि