कात्तिक ३०, २०८१, शुक्रबार
               

माधवको 'खुद्रा दुकान' पनि चल्दैन, माधवलाई उपयोग गरे : सूर्य थापा

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी विभाजनमा जाने कसैलाई पनि फाइदा नहुने बताएका छन् ।

२००७ सालदेखिको इतिहास हेर्दा पार्टी विभाजित भइ गएका कुनै पनि पार्टीको प्रगति नभएको उनको तर्क छ । पार्टी विभाजनलाई उनले 'खुद्रा दुकान' भनेका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, '२००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान चलेका छैनन् ।' 

'न मातृका कोइराला नेतृत्वको राष्ट्रिय प्रजा पार्टी चलेको इतिहास छ, न त माधव कुमार नेपालको स्वघोषित समाजवादी नै चल्नेछ', थापाको भनाइ छ ।

'बीपीलाई कमजोर पार्न मातृका र केपीलाई सत्ताच्यूत र कमजोर गर्न माधवलाई उपयोग गरेको स्पष्टै छ !' थापाले दाबी गरेका छन् ।

यो पनि