बैशाख २३, २०८१, आइतबार
               

निर्वाचन आयोग पुगे माधवकुमार नेपाल

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले विभाजन गर्ने तयारीमा लागेका वरिष्ठ नेता माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

बुधबार कार्यालय समय सकिनु आधा घन्टाअघि नेता नेपाल (४:३० बजे) कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका हुन् ।

नेता नेपालसँगै एमाले नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री पनि आयोग पुगेका छन् ।

नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) गठन गर्न लागिएको बताइएको छ । 

नयाँ दल दर्ताको निवेदन लिएर नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको राजनीतिक टकरावपछि नेकपा एमालेले अब विभाजनको रूप लिएको छ ।

यसअघि नेपाल पक्षमा खुलेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले विभाजनमा नेता नेपाललाई साथ दिन नसकिने बताएका छन् ।

यसअघि २०५४ सालमा माधव कुमार नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले गठन भएको थियो । 

२४ वर्षपछि नेता नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो ।

यो पनि