जेठ ०६, २०८१, आइतबार
               

नेपाल समूहको पार्टीकाे नाम 'एमाले समाजवादी' !

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताका लागि छलफलमा जुटेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पार्टीको नाम र चुनाव चिन्हका लागि नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन ।

बैठकमा हस्ताक्षर संकलनसहित नाम र चुनाव चिन्हबारे छलफल भइरहेको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । छलफलमा पार्टीको नाम नेकपा एमाले (समाजवादी)सहित विभिन्न नाममा छलफल भइरहेको उनले बताए । 'हामी छलफलमा छौ । अहिलेसम्म अन्तिम टुंगो भने लागिसकेको छैन', उनलेे भने, 'एमाले समाजवादी राख्ने कि भन्ने कुरामा कुरा मिल्ला जस्तो छ, छलफल जारी छ । छिट्टै टुंगोमा पुग्ला ।'
नेता नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने पार्टीको चुनाव चिह्न खुल्ला किताबमाथि सूर्य या अरु पनि विकल्पका बारेमा छलफल भइरहेको बताइएको छ । छलफलपछि आजै निर्वाचन आयोग जाने पार्टीको तयारी छ । 

देउवा नेतृत्वको सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो १ बजेर १० मिनेटमा जारी गरेकी हुन् । अध्यादेश जारी भएसँगै नेपाल पक्ष छलफलमा जुटेका हुन् । अध्यादेशको व्यवस्थाअनुसार पार्टी विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा २० प्रतिशत संख्या पुर्‍याउनु पर्ने हुन्छ ।

हाल प्रतिनिधिसभामा नेकपा एमालेका १२१ जना सांसद छन् भने राष्ट्रिय सभामा ३४ जना सांसद छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी एमाले संसदीय दलमा १५५ जना सांसद छन् । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी एमालेका १५५ जना सांसद रहेका छन् । जारी अध्यादेशको व्यवस्थाअनुसार यसको २० प्रतिशत भनेको ३१ जना सांसद हुन्छन् । नेता नेपाल पक्षले आफ्नो पक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३४ जना सांसद रहेको दाबी गरेको छ । जसअनुसार पार्टी फुटाउने सांसदहरूको संख्या पर्याप्त हुने नेपाल समूहको दाबी छ।

यो पनि