मंसिर ०७, २०८१, शुक्रबार
               

भीम रावल र ईश्वर पोखरेलबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

नेकपा एमालेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । टोखास्थित पोखरेल निवासमा आइतबार भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ ।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच गत असार २७ गते १० बुँदे सहमति भएको थियो । उक्त  १० बुँदे सहमतिलाई वरिष्ठ नेता नेपालले नस्वीकारेकाले  अझै कार्यान्वयन हुन सकेको छैन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको शक्ति बाँडाफाट स्पष्ट हुनुपर्ने अडान नेपाल पक्षको छ ।

नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार भए पनि बराबरी हैसियत दिन भने तयार भएका छैनन् । महाधिवेशनबाट निर्वाचित अध्यक्षकै बराबरी हैसियत पाउन सम्भव नभएको ओली पक्षले स्पष्ट पारेको छ ।


कस्तो लाग्यो ?

यो पनि