मंसिर ०७, २०८१, शुक्रबार
               

ओलीको अत्याचार सहने स्थिति छैन : माधव नेपाल

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् । आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताए । 'उहाँको व्यवहारमा कुनै सुधार भएको भए कुनै लक्षण देख्नुभएको छ ? लोकतान्त्रिक बन्न खोज्नुभएको छ ? उहाँ अत्यन्त विनम्र हुन खोज्नुभएको छ । उहाँले भनेको कुरा छ उहाँले माधव नेपालजस्तालाई यो पार्टीमा ठाउँ छैन', नेपालले भने, 'उहाँले भनेको एक एक शब्द हेर्ने हो भने त्यो शब्दले उहाँको स्तर देखाउँछ र कुन तहसम्म मान्छेलाई गिज्याउनुहुन्छ, लान्छना लगाउन सक्नुहुन्छ बद्ख्वाँइ गर्न सक्नुहुन्छ त्यो बाट उहाँको स्तर देखिन्छ । ओलीको अत्याचार सहने स्थिति छैन ।'

ओली पक्षका केही नेताले पार्टी एकताका नाममा सदस्यता नवीकरण र विधान महाधिवेशन रोक्न सकिने भने पनि महासचिवले हामी अघि बढिसक्यौं, आउने आउँछन्, नआउने आउँदैनन् भनेको समेत उनले बताए । उनलेे भने, 'के हामी लुरुक्क परेर जाने हो ? समर्पण गर्न जाने हो ? होइन ।' अध्यक्ष ओलीले हालसम्म गरेका कुनै निर्णयबाट पनि पछि नहटेको र कुनै निर्णय पनि फिर्ता नभएको नेता नेपालले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि