बैशाख १६, २०८१, आइतबार
               

लुम्बिनीका मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा डाँगी नियुक्त

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगी नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने गरि डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए । 

नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए । डाँगीको राजीनामापछि यसअघिका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्दै गएका थिए ।

दाङ क्षेत्र नम्बर २ 'ख'बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्वमेयर समेत भइसकेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि