पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सांसदमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकाे भाषण र उनी निकटका नेताहरूले परमादेशविरुद्ध बोलेकाे विषयमा व्यंग्य गरेका छन् ।
यसअघि केपी ओलीले सांसदकाे रोस्टमबाट अदालतले गलत गरेकाे र अहिलेकाे सरकार असंबैधानिक सरकार भनेका थिए । उक्त भाषणपछि गठबन्धनका धेरै नेताहरूले आपत्ति जनाइरहेका बेला पूर्वप्रधानमन्त्रीकाे यस्तो व्यांग्या आएकाे हाे ।
ओली र ओलीभक्तहरूले सबैतिर जनादेश विरूद्ध परमादेशको रटान गरेको सुनियो।संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंकगणित फेरिदा प्रम फेरिनु स्वाभाविक हैन र?त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाऊॅ न त! त्यो चाहिं नमान्ने रे! चिची पनि पापा पनि खोज्न मिल्छ?
— Baburam Bhattarai (@brb1954) August 11, 2021