मंसिर ०७, २०८१, शुक्रबार
               

केपी ओलीको ट्रस्टबाट सरकारले जफत गर्‍यो ६९ रोपनी जग्गा

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT


सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टबाट ६९ रोपनी जग्गा जफत गरेको छ ।

ओलीको नाममा तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको हो ।

सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा ओलीको ट्रस्टको नाममा राखेको पाइएपछि त्यसलाई सरकारको नाममा ल्याउने निर्णय गरिएको हो ।

मालपोत कार्याल तेह्रथुमले दिएका जानकारी अनुसार हदबन्दीभन्दा धेरै भएको जग्गा सरकारको नाममा ल्याउने निर्णय भइसकेको छ ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो । तेह्रथुममै कार्यालय रहेको यो ट्रस्टको अध्यक्ष ओली पत्नी राधिका शाक्य छिन् ।

नेपालको कानुनले पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न पाइन्न । यस्तो अवस्थामा ओलीको नाममा रहेको ट्रस्टले कानुन मिचेर १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको थियो ।

ओली प्रधानमन्त्री भएकै समयमा उक्त जग्गा किनिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि