बैशाख १५, २०८१, शनिबार
               

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीले दाबी पेश गर्दै

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीले आज दाबी पेश गर्ने भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा दिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएका थिए ।

माओवादी केन्द्र र काँग्रेसले आलोपालो सरकार चलाउने हिजै तय भएको थियो । त्यसकारण आजै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजे प्रदेश प्रमुख कार्यालय गएर सरकारको लागि दाबी पेश गरिनेछ। ४१ सांसदको हस्ताक्षरसहित कुलप्रसाद केसी त्यहाँ पुग्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि