जेठ ०२, २०८१, बुधबार
               

राष्ट्रियसभाको बैठक सुरु

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा  विभिन्न विधेयकसँग सम्बन्धित प्रतिवेदन पेस हुने कार्यसूची छ ।

आजको विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।  यस्तै ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस हुने कार्यसूची छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने कार्यसूची छ ।


 


कस्तो लाग्यो ?

यो पनि