बैशाख २५, २०८१, मंगलबार
               

'राष्ट्रपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार भ्रामक'

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विवाद समाधानको लागि राष्ट्रपति (विद्यादेवी भण्डारी) लाई मध्यस्तता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् ।

रावल र राष्ट्रपतिबीच भएको भेटवार्तामा रावलले पार्टीको विवाद समाधानको लागि राष्टपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

सोमबार सामाजिक सञ्जालमा रावलले भनेका छन्, 'राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा एमालेको समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो ।'

'राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न नमिल्ने' समेत उनले उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि