बैशाख १४, २०८१, शुक्रबार
               

एमालेले बनायो विधान महाधिवेशनका लागि चार वटा समिति

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्नका निम्ती विभिन्न मस्यौदा समिति गठन गरेको छ ।

महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् । 
ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ । 

यी हुन मस्यौदा समितिहरू :-
१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली
सदस्यहरूः वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे

 २. संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल
सदस्यहरुः विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल, 

३. विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल
सदस्यहरुः सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह

४. व्यवस्थापन समिति
संयोजकः रामवहादुर थापा बादल
सदस्यहरुः मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा


कस्तो लाग्यो ?

यो पनि