बैशाख १६, २०८१, आइतबार
               

लुम्बिनी प्रदेश : विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकर गरेको छ ।

अधिवक्ता प्रवेश केसीले आइतबार प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेश गरेको रिट निवेदनलाई सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेका हुन् ।

प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख शेरचनले यही २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो । 


कस्तो लाग्यो ?

यो पनि