जेठ ०६, २०८१, आइतबार
               

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।

स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ । सो बैठकमा तीनवटा प्रतिवेदन पेश हुने छन् ।

बैठकमा राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव पेश हुने बताइएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरेको छ । हिजो (आइतबार) पनि नेपाल पक्षकै आग्रहमा बैठक रोकिएको थियो ।

एमाले भित्रको विवाद समाधानको प्रयास जारी रहे पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि