जेठ ०६, २०८१, आइतबार
               

बाबुराम भन्छन्- अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा कायम नै रहेको चेतावनी दिएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने उल्लेख गरेका छन् ।  

पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा भट्टराई लेख्छन्– 'कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ । अत: ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !'


कस्तो लाग्यो ?

यो पनि