जेठ ०६, २०८१, आइतबार
               

बालुवाटारमा सत्तारुढ गठबन्धनबीच छलफल जारी

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कार्यदलले बुझाएको सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । प्रधामन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भइरहेको हो । 

बिहान साढे नौ बजेबाट सुरु बैठकमा कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको माओवादी अध्यक्ष दाहाल निकट स्रोतले जानकारी दियो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेसका डा मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जनता समाजवादी पार्टीका महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको कार्यदलले सरकारको न्युनतम साझा कार्यक्रम बनाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।

त्यो कार्यक्रमलाई अन्तिम रूप दिने र मन्त्रिपरिषद्लाई टुंग्याउने विषयमा अहिले छलफल भइरहेको हो ।   


कस्तो लाग्यो ?

यो पनि