जेठ ०६, २०८१, आइतबार
               

आज बस्ने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो ।

बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि एघार बजे स्थायी कमिटी बैठक बस्नेछ ।

भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि