जेठ ०६, २०८१, आइतबार
               

आज सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौं । आज  सत्तारुढ गठबन्धनको कार्यदलद्वारा तयार गरिएको सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक हुने भएको छ । 

शनिबार (हिजो) बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको निर्णय अनुसार आज न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्ने तयारी भएको गठबन्धन दल माओवादी केन्द्रले जनाएको छ। सचिवालयका अनुसार बिहान १० बजेपछि उक्त कार्यक्रम सार्वजनिक हुने बताइएको छ । 

उक्त कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन अस्ति शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।

उक्त प्रतिवेदन प्राप्त भएपछि शनिबार शीर्ष नेताहरुबीच छलफल भएपछि आज सार्वजनिक गर्न लागिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि