जेठ ०६, २०८१, आइतबार
               

म सबैथोक हुँ भन्ने अहंकारले एमालेमा समस्या भयो : नेपाल

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको बताएका छन् । नेपाल पक्षीय जनवर्गीय संगठनहरुले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको बताएका हुन् ।

पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने उनले बताए । 'हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरू देखा परे, सामूहिकताका भावनाहरू हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो', नेपालले भने, 'मै सबथोक सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्यो ।'

अहिले आफूहरू पार्टीभित्रको समस्या समाधान गर्न चाहिरहेको भन्दै उनले पार्टीलाई नयाँ जीवन दिन चाहिरहेको बताए । 'त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं । तर के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं ?', उनले भने, 'हामी, हो त्यहीँ उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं ।'

आफूहरु अहिले पार्टीलाई नयाँ जीवन दिन लागिरहेको भन्दै अरुले जस्तो ‘बाँदरे नाच' नाच्ने काम नगर्न समेत आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो । 'त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं', नेपालले भने ।


कस्तो लाग्यो ?

यो पनि