जेठ ०६, २०८१, आइतबार
               

नेपाल पक्षविरुद्ध सूर्य थापाको यस्तो व्यंग्य

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सूर्य थापाले माधव नेपाल समूहप्रति लक्षित गर्दै फेरि कटाक्ष गरेका छन् । 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सरकारमा नजाने र पार्टी एकतामा केन्द्रित हुने बताइरहेका बेला थापाले कटाक्ष गरेका हुन् ।

उखानटुक्कामार्फत व्यंग्य गर्दै एमाले केन्द्रीय सदस्य थापाले मन्त्री बन्न तम्तयार भइसकेका नेपाल पक्षका नेताहरूको जीवन जोगाइदिन अध्यक्ष ओलीले माफी माग्नुपर्ने माग गरिएको भनेर टिप्पणी गरेका हुन् । 

शुक्रबार नेता नेपालले पार्टी एकताका लागि अध्यक्ष ओलीले आफूले गरेका गल्तीबापत सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका थिए । 

थापाले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोही कसैले देउवा सरकारमा सहभागी नहुने भनेपछि एक बारको जुनीमा मन्त्री हुनै नपाएर आत्महत्या गर्नेहरूको सूचीमा कोको परेछन् होलान् ?’

उनले अघि लेखेका छन्, ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने काकाबाउको अनुहार’जस्तो पो हुनेभयो कि ? अध्यक्ष केपी शर्मा ओलीले माफी मागेर तिनको जीवन बचाइदिनुपर्यो रे !’

यो पनि