बैशाख २१, २०८१, शुक्रबार
               

मन्त्रालय टुङ्गो लागेपछि मात्रै माओवादीले मन्त्रीको टुङ्गो लगाउने

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीबारे अझै टुङ्गो लगाएकौ छैन। शुक्रबारको बैठकमा मन्त्री हुनेहरूको नामावली टुङ्गो लगाउने विषयमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताएका थिए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकमा त्यसबारे छलफल नै नभएको बताए। मन्त्रालयहरूको विभाजन नभएको, कसले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुङ्गो नलागेको अवस्थामा मन्त्रीबारे छलफल गर्ने कुरा नभएको श्रेष्ठले स्पष्ट पारे।

मन्त्रीका लागि भने सांसदहरू हरिबोल गजुरेल, देवप्रसाद गुरुङ, सुदन किराती, सुरेशकुमार राई ‘हिमाल’, अमनलाल मोदी, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, अञ्जना विशंखे, शशी श्रेष्ठ, जयपुरी घर्तीलगायत सूचीमा छन्।


कस्तो लाग्यो ?

यो पनि