जेठ ०६, २०८१, आइतबार
               

नेपाल पक्षको केन्द्रीय समिति : के गर्ला त निर्णय ?

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।

बिहीबार पहिलो दिनको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्यहरूले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए ।

त्यसरी धारणा राख्नेमा विजय पौडेल, झपट रावल, बलराम बास्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायत थिए ।

बिहीबार बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएका थिए ।

नेपालले एकता आफूहरूको इच्छा र चाहना भएको पनि बताएका थिए । तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने नेपालको भनाइ थियो ।

त्यस क्रममा नेकपा एमाले कार्यदलका संयोजक भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङसमेत गरेका थिए । नेपाल पक्षले पार्टी एकता, सरकारमा सहभागिता रहने वा नरहने, आगामी रणनीतिलगायतका विषयमा स्पष्ट धारणा तय गर्न केन्द्रीय समिति बैठकको आयोजना गरेको हो ।

यो पनि