जेठ ०६, २०८१, आइतबार
               

लुम्बिनी प्रदेश सभाको विषेश अधिवेशन साउन २७ गते

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको  छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (३) बमोजिम साउन २७ गते १ बजे प्रदेशसभा बैठक आह्वान गरेकाे उनकाे सचिवालयले जनाएकाे छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,जसपा र जनमाेर्चाले  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।

बोलाइएकाे विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएकाे उक्त अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी दलहरूले गत साउन १८ गते प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि