सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माओवादीबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सोमबार दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो । तर, अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को कार्यव्यस्तताको कारण देखाउदै बैठक स्थगित गरिएको छ ।
नेताहरुको व्यस्तताका कारण बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।