बैशाख २५, २०८१, मंगलबार
               

परिमार्जन नगरी एमसीसी पारित गरे घातक : भीम रावल

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम सुरु भइसकेको बताएका छन् । 

रावलले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलमा रहेका रावलले एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले भने, ‘मूल सम्झौतासँगै भएका सबै गोप्य सम्झौता संसदमा पेश गरियोस।’

रावलले नेकपा र एमालेको सरकार रहँदा पनि एमसीसी परियोजनाको विरोध गरेका थिए । परमादेशबाट बनेको देउवा नेतृत्वको सरकारले पनि एमसीसीलाई प्राथमिकतामा राखिरहेको बेला उनले विरोध सुरु गरेका हुन्।


कस्तो लाग्यो ?

यो पनि