बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल समूहलाई सत्ता गठबन्धनले केही दिन पर्खने

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ गठबन्धनले एमालेको नेपाल-खनाल समूहलाई सरकारमा ल्याउन अझै केही दिन पर्खने निर्णय गरेको छ ।

नेपाल-खनाल समूहले तत्काल सरकारमा नजाने भनेपनि अझै केही दिन पर्खने गठबन्धनको तयारी छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ । 

तीन नेताबीच केहीदिन पर्खने र नेपाल खनाल समूह नआए मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको बताइएको छ । 

नेपाल खनाल समूह नआए नेपाली कांग्रेसले प्रधानमन्त्रीवाहेक ८, माओवादी केन्द्रले सात र जनता समाजवादी पार्टीले ६ वटा मन्त्रालय लिनेबारे तीन नेताबीच कुराकानी भएको छ । 

मन्त्रालय बाँडफाँडबारे प्रारम्भिक छलफल मात्रै भएकाले निष्कर्षमा पुग्न अझै केहीदिन लाग्ने नेताहरुले बताएका छन् । 

तीन नेताबीच नेपाल खनाल समूह सरकारमा नआए नआए राजनीतिक नियुक्तिमा भने ठाउँ दिने सहमति भएको छ । 

नेपाल खनाल समूहलाई पर्खने निर्णय र मन्त्रालय बाँडफाँड अझै टुङ्गो लाग्न नसकेकाले मन्त्रिपरिषद विस्तारमा थप ढिलाइ हुने देखिएको छ ।

यो पनि