असोज ०६, २०८१, आइतबार
               

पूर्वमाओवादी नेताको रिट हेर्न नभ्याइने सूचीमा

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

आफ्नो सांसद पद कायम गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरूको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतमा बिहीबार हेर्न नभ्याइने सूचीमा परेको हो ।

टोपबहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरू बुधबार सर्वोच्च अदालत पुगेका थिए । नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरू अदालतको सहारा लिन पुगेका हुन् ।

आफूहरू नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरू सर्वोच्च पुगेका थिए । 

बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढे पनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण रायमाझी लगायतले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।   


कस्तो लाग्यो ?

यो पनि