बैशाख २५, २०८१, मंगलबार
               

एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती : भीम रावल

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नु राष्ट्रघाती हुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एमसीसीबारे धारणा व्यक्त गर्दै नेता रावलले देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने टिप्पणी गरेका हुन् ।

संविधान, कानून, राष्ट्रिय हित र स्वाधिनताविपरीतका प्रावधान नहटाएर एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती हुने बताएका छन् । 'नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून्', नेता रावलले टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि एमसीसीका बारेमा कुनै कुरा नभएको नेता रावलको भनाइ छ । सत्तारुढ गठबन्धनको बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुरले एमसीसी अगाडि बढाए आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि