बैशाख १४, २०८१, शुक्रबार
               

उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा देउवाले स्विकारे गल्ती
केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सत्तारुढ गठबन्धनको निर्णय

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

मन्त्रिपरिषद्ले दुई दिनभित्र पूर्णता पाउने भएको छ । बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकले दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । यस्तै बैठकमा न्यूनतम साझा कार्यक्रम कुन खालको बनाउने, कुन मोडालिटीको बनाउने भन्ने विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ , गठबन्धनको बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भयो ।’

उनका अनुसार गठबन्धनका शीर्ष नेताहरू बैठक बसेर नीतिगत ढंगले मन्त्रिपरिषद् विस्तारका विषय कसरी अगाडि बढाउने भनेर छलफल गर्नेछन् । 

 

उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा  देउवाले स्विकारे गल्ती

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा गल्ती स्वीकार गरेका छन् । अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिबद्धतासमेत जनाएका एक नेताले बताए । 
सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?’ भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरेपछि देयवाले आत्माआलोचना गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि