बैशाख ०८, २०८१, शनिबार
               

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख पौडेल र यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। यसअघि राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त पनि गरेकी थिइन्। 


कस्तो लाग्यो ?

यो पनि