बैशाख २४, २०८१, सोमबार
               

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ADVERTISEMENT

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने कार्यतालिका छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६७७ पेस गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा केही शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि