बैशाख १६, २०८१, आइतबार
               

लुम्बिनीमा सत्ता राजनीतिको खेल, सांसद पुरमती सम्पर्कविहीन

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेशमा सत्ता राजनीतिको खेल फेरि सुरु भएको छ । यहाँको राजनीति बेला-बेलामा रोचक बन्दै आएको छ ।

लुम्बिनीको सत्ता राजनीतिमा निर्णायक मानिएको जनता समाजवादी पार्टीका सांसदलाई दुवै पक्षले लोभ्याउने र तान्न थालेपछि खेल रोचक बन्दै आएको छ ।

जसपाका तीन सांसद अहिले पनि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् । दुई साताअघि सरकारमा जसपाबाट सहभागी राज्यमन्त्रीबाट सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि अल्पमतमा परेको मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन नैतिक संकट देखा परेको छ । 

यही बेला जनता समाजवादी पार्टीकी प्रमुख सचेतक सांसद पुरमती ढेंगामगर सम्पर्कविहीन भएपछि लुम्बिनीको राजनीति थप पेचिलो बनेको छ । पाल्पाबाट समानुपातिक सांसद बनेकी जसपाकी नेतृ पुरमती ढेंगामगर वेपत्ता भएको निवेदन सो पार्टीले प्रहरीमा दिएको छ ।

प्रदेशसभामा जनता समाजवादी पार्टीबाट ६ सांसद रहेकोमा अहिले ३ जना सरकारमा सहभागी छन् भने ३ जना विपक्षीको गठबन्धनमा छन् । जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर हराएको भन्दै प्रहरीमा निवेदन दिएको बताए ।

पोखरेलले भने, 'हिजो दिउँसोदेखि नै उहाँ सम्पर्क बाहिर हुनुहुन्छ । प्रहरीलाई निवेदन दिइएको छ, हामीले पनि खोजबिन गरिरहेका छौं ।’

एक नेताका अनुसार सांसद ढेंगामगरलाई मन्त्री बनाउने र अन्य सेवा सुविधा पनि दिने गरि सत्तासिन दलले सरकारलाई समर्थन गर्न दबाब दिएका छन् ।

उनले ढेंगामगरको घर तथा अन्य सम्पर्क रहने स्थानमा खोजिए पनि नभेटिएकाले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । जसपाका प्रदेश अध्यक्ष अशोक यादवले ढेंगामरलाई खोज्न सबै ठाउँमा गए पनि नभेटेकाले सरकारप्रति आशंका बढेको बताए ।

जसपाले पुरमतीलाई प्रदेश सरकारको नेतृत्व गरेको एमालेले मन्त्री बनाएर लैजाने नाममा अपहरण गरेको आरोप लगाए पनि आफुलाई यो विषयमा जानकारी नभएको एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।

एक जना मात्रै सांसद तलमाथि हुँदा सत्ता राजनीतिको समिकरण प्रभावित हुने भएपछि सांसद लोभ्याउने खेल सुरु भएको हुनसक्ने जसपा लुम्बिनीका अध्यक्ष अशोक नेता यादवले बताए । 

एक नेताका अनुसार सांसद ढेंगामगरलाई मन्त्री बनाउने र अन्य सेवा सुविधा पनि दिने गरि सत्तासिन दलले सरकारलाई समर्थन गर्न दबाब दिएका छन् ।

यो पनि