जेठ ०६, २०८१, आइतबार
               

माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ : ओली
'धेरै जनसंख्या मेरो साथमा छ'

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले गल्ती गर्नेलाई कारवाही र माफी दुईटै आफूले नभइ पार्टीले गर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीको जवाफ दिएका हुन् । ‘ उनले भने, ‘माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ ।’

पार्टी एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति ओलीले आपत्ति जनाए । उनले संविधानको रक्षा गर्ने भनेर माधव नेपाल पक्षले कम्युनिष्ट ढाल्न र दक्षिणपन्थी सरकार बनाएर नुनको सोझो गर्न सदन वहिष्कार गरेको आरोप लगाएका छन् ।

आफूले प्रधानमन्त्रीका रूपमा विश्वासको मत माग्दा मत दिएर किन संसदको रक्षा नगरेको ? भन्दै ओलीले भने, ‘संसदको रक्षा गर्न चाहनेले आफ्नै पार्टीका अध्यक्षले विश्वासको मत नदिएर बहिष्कार गर्दैन ।’

अहिलेको गठबन्धन सरकार विचारर र सिद्धान्तमा नमिले पनि सबै खानका लागि कृतिम ढंगले प्रतिकृयावादी डिजाइनमा मिलेको भन्दै उनले भने, हाम्रै पार्टी फुटाएर, हाम्रै साथीहरूको अगुवाइमा प्रतिगमनको आयोजना भयो । माओवादीको कुरा छोडौं उनीहरूको टुप्पी अर्कैको हातमा छ , आफूलाई एमाले भन्ने, पार्टी फुटाउने अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउन खोज्ने र पार्टीलाई नै बहुमत पुग्न नदिने ब्यक्तिहरुको संलग्नतामा गम्भीर षडयन्त्र भएको छ ।’

एमालेभित्रकै केही व्यक्तिगत स्वार्थ बोकेकाहरूकै कारण अहिलेको अवस्था आएको उनको ठम्याइ ५ । यसले नेपाली राजनीतिमा पछिसम्म असर पर्ने भन्दै ओलीले संविधानको अपव्याख्या भएर परमादेशमार्फत प्रधानमन्त्री नियुक्त हुनुमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको बताएका छन् ।

धेरै जनसंख्या आफ्नो साथमा

अध्यक्ष ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् ।

उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’

उनले अघि भने, ‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’ एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।

यो पनि