बैशाख २४, २०८१, सोमबार
               

हिजो प्रदर्शनकारीलाई गाली गर्ने ओली आफैँ माइतिघरमा

ADVERTISEMENT

दुई वर्वअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूप्रति सङ्केत गर्दै भनेका थिए ‘जे गरे पनि माईतिघरमा विरोध हुन थालेको छ  ।‘ उनले माईतिघर मण्डलामा हुँदै आएका सरकार विरोधी प्रदर्शनलाई लक्षित गर्दै भनेका थिए । 

ओलीले विपक्षी दललाई कटाक्ष गर्दै भनेका थिए- ‘विधेयकमा छलफल गर्न संसद छ । तर किन माईतिघर जान्छन् । माईतिघर त साच्चैको माईतिघर भएछ । यताउता केही पर्‍यो कि घुर्रर कुदेर जाने । मलाई घरमा यसो गरे भने जस्तो गरेर माईतिघर ।’

२०७६ असार ३ गते  प्रतिनिधिसभामा संसद्मा प्रधानमन्त्रीको हैसियतमा ओलीले सम्बोधन गर्ने तालिका थियो । तर संसदमा तत्कालीन विपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरे । सरकारले संसदमा गुठी विधेयक, शान्ति सुरक्षा विधेयक पेस गरेको थियो । विधेयका विभिन्न प्रावधानमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल काँग्रेसले आफ्नो पार्टीको  संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने अडान राख्यो । तर सभामुखले प्रधानमन्त्रीको हैसियतमा ओलीलाई बोल्न समय दिएपछि काँग्रेसले वेल घेराउ गर्याे । प्रधानमन्त्रीले बोल्न पाएनन् । केही दिनका लागि संसद स्थगन भयो । संसदमा मात्र नभई विपक्षी दलहरू सरकारले ल्याएको विभिन्न विधेयककाे विपक्षमा सडक आन्दोलनमा थिए । धेरैजसो विरोध र आन्दोलनको केन्द्र माइतिघर मण्डला नै हुन्थ्यो । 

एकातिर विपक्षीले सरकारविरुद्ध सडक तताएको थियो, अर्कातिर संसद्समेत अवरुद्ध गर्याे ।  संसदमा आफ्ना धारणा राख्न नपाएपछि विपक्षी दलप्रति आक्रोशित ओलीले तत्कालै सिंहदरबारमा पत्रकार सम्मेलन राखे । त्यहाँ उनले विपक्षी दललाई कटाक्ष गर्दै भनेका थिए- ‘विधेयकमा छलफल गर्न संसद छ । तर किन माईतिघर जान्छन् । माईतिघर त साच्चैको माईतिघर भएछ । यताउता केही पर्‍यो कि घुर्रर कुदेर जाने । मलाई घरमा यसो गरे भने जस्तो गरेर माईतिघर ।’

त्यो त प्रतिनिधि भनाइ मात्र हो । सरकारको नेतृत्वमा रहँदा ओली विपक्षीप्रति अनुदारमा रहेनन् । सरकारलाई खबरदारी गर्ने विरोध तथा आन्दोलनप्रति समेत अनुदार रहे । विरोध तथा आन्दोलनकारीहरूलाई आवेश र उत्तेजना फैलाएर आफ्नो दुनो सोझाउन खोज्नेहरू रहेको सम्मका टिप्पणी गरे । 

अबका दिनमा कोही कसैको आन्दोलन आवश्यक नभएको समेत उनले बताउँथे । लोकतान्त्रिक शासन व्यवस्था भएकाले फरक विचार राखेर निर्वाचनमा जान सक्ने र जनमत पाएमा जो केही सरकारमा जान सक्ने ओलीको तर्क थियो । तर सडक आन्दोलन गर्ने नपर्ने उनका धेरैजसो भाषण दोहोरिरहन्थ्यो । 

सिंहदरबार शासन गर्ने थलो हो । केही मिटर पर माईतिघरबाट शासनलाई चुनौती दिने थलोको रुपमा स्थापित छ । शासक रहेसम्म शासकलाई चुनौती दिने थलो पनि रहनुपर्छ भन्ने विश्वव्यापी मान्यता  छ । तर ओलीले भने सरकार विरोधी स्वरहरू दबाउन भरमग्दुर प्रयास गरे । 

सुरुमा संसद्को दुईतिहाई मतसहितको सरकारले विभिन्न ऐनमार्फत नागरिकको स्वतन्त्र विचार राख्न पाउने अधिकार कस्दै लग्यो । सामाजिक सञ्जालजस्ता खुला ‘थलो’हरू कुण्ठित गर्न थालियो । सरकारी प्रवृत्तिबारे बोल्नै पाउने वातावरण कस्दै लगियो । सार्वजनिक स्थलमा रुपमा विरोध प्रदर्शन बढ्न थालेपछि  विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइयो ।

हिजो सिंहदरबारको शक्ति दुरुपयोग गर्दै नागरिकको आवाज दबाउने प्रयास गरेका तीनै ओली आज त्यही सडकमा छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका उनी सरकारबाट बहिर्गमन भएकै दिनदेखि  उही माईतिघरमा सरकारविरुद्ध नारा लगाइरहेको छ ।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला गर्नु केही घण्टाअघि एमाले युवा सङ्गठन माइतिघरमै थियो । फैसला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको विपक्षमा आयो । लगतै अदालत र प्रधानन्यायाधीशविरुद्धमा नाराबाजी सुरु गरे ।

ओलीलाई पदबाट बर्खास्ति र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको विरोधमा त्यही दिन साँझ त्यही माइतिघरमा प्रधानन्यायाधीशको पुत्ला दहन भयो । भोलिपल्टै एमालेको बैठकले देशैभर भण्डाफोर अर्थात् सडक आन्दोलन गर्ने औपचारिक निर्णय गर्‍र्याे । देउवाले प्रधानमन्त्रीमा नियुक्तिपछि विश्वासको मतसमेत पाए । आफ्नै पार्टीका माधवकुमार नेपालसहित २२ सांसदले विश्वासको मत दिए ।

फेरि एमाले माईतिघर मै आयो । पार्टी नेतृत्वको निदर्शेन विपरीत देउवालाई विश्वासको मत दिने आफ्ना पार्टीका २२ सांसदलाई बाँदरको संज्ञा दिँदै प्रतिकात्मक विरोध गर्याे । एमालेको युवा सङ्गठनले बाँदरको मुकुन्डो लगाएर जुलुस निकाल्यो । यही बिचमा एमालेले भातृसंगठन युथफोसै व्यूतायो । तत्कालीन माओवादीको भातृसंगठन वाईसियलसंग प्रतिकार गर्न भन्दै गठित यूथ फोर्स निष्क्रिय थियो । पार्टी सत्ताबाट बहिर्गमन हुनासाथ एमालेले सो सङ्गठनलाई पुनर्जीवन थियो । 

शनिवार माईतिघर नजिकै यूथ फोर्स भ्याली कमान्डको घोषणा रं शपथ कार्यक्रम थियो । भ्याली कमान्डको घोषणा रं शपथ कार्यक्रमपछि सो सङ्गठन माईतिरमै देखियो ।  माईतिघर वाट युवासंघले सरकारलाई चेतावनी दियो । सरकार विरुद्धको प्रदर्शनमा युवा सङ्घका इन्चार्ज महेश बस्नेतले भने ‘सरकारले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौँ ।’

सत्तामा रहँदा माईतिघरलाई आँखाको तारो बनाएका शासकहरू अहिले त्यही थलोबाट आवाज मुखरित गर्नुपर्ने अवस्था आएको छ । सत्तामा हुँदादेखि अहिले सत्ताबाहिर आएसम्मका घटनाक्रमले एमाले नेतृत्वले बल्ल माईतिघर को महत्त्व बुझेको विश्लेषकहरूको तर्क छ । 

राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी भन्छन् ‘माईतिघरलाई किन र कसरी गणतन्त्रकै संरक्षण स्थल बनाइनुपर्छ । यसलाई किन रक्षा गर्नुपर्छ भन्ने बुझ्न एक चोटि विगतदेखि अहिलेसम्मका घटनाक्रम  हेर्नुपर्छ, सत्तामा हुँदा निषेधाज्ञा लगाइएको भए अहिले कहाँ गएर आन्दोलन गर्थे होला ?’ माईतिघरमा भएका वा यसबाट प्रेरणा पाएका अभियानले नेपाली समाजमा स्वतन्त्रता तथा शासकलाई खबरदारी भइरहेका केही बताउँछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि