बैशाख २१, २०८१, शुक्रबार
               

प्रचण्डलाई भीम रावलको काउन्टर जवाफ- 'म ढलेको होइन'

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले 'एमाले विभाजन गर्न खोजेको' आरोप लगाएका छन् ।

रावलले शनिबार राति विज्ञप्ति जारी गर्दै 'गठबन्धन सबैको आ-आफ्नो स्वार्थमा बनेको थियो' भनेका छन् ।

शनिबार बिहान एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले 'भीम रावल नपत्याउदो ढंगले ढलेको' भनेर बोलेका थिए ।

त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै 'प्रचण्डले एमाले ढाल्न खोजेको र शेरबहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको' बताएका छन् । 

प्रचण्डको टिप्पणीलाई रावलले 'हास्यास्पद र मनगढन्त' भनेर भनेका छन् ।

 

यो पनि