बैशाख १७, २०८१, सोमबार
               

एमालेका बाहुबली संगठन खारेज गर्न योगेश भट्टराईको माग

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तिनलाई खारेज गर्न माग गरेका छन् ।

पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गर्नु गलत भएको उनको धारणा छ । नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गर्दै भनेका छन्, ‘ऐतिहासिक र गौरबशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’

भट्टराईले आफ्नो फेसबुक पेजमा समाजमा आतंकको आभास दिने र युवालाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्यत बहुबली समूहहरू तत्काल खारेज गर्न माग गरेका छन् ।

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको छ । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ ।

अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गराउन उनले माग गरेका छन् ।

यो पनि