बैशाख १७, २०८१, सोमबार
               

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशमा नयाँ सरकार बनेका एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै पूर्णता पाएकाे हाे  ।

माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ लिएका छन् ।

त्यस्तै कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री, मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र विन्दुकुमार थापाले कानुन सञ्चार तथा मामिलामन्त्रीका रुपमा शपथ लिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि