बैशाख २५, २०८१, मंगलबार
               

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने तयारी

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिँदै छन् । यही  असार ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनभन्दा केही समय अगाडि राजीनामा दिएका नेता रावलले फिर्ता लिने तयारी गरेको बताए । 

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुरा बाझिएपछि उनले राजीनामा दिएका थिए । नेता रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए । 

त्यस्तै राजीनामा फिर्ता लिन आग्रह गर्दै वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए । साथै, सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दबाब दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि