बैशाख २७, २०८१, बिहीबार
               

माधव पक्षका २२ सांसदले आज स्पष्टीकरण दिने

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई मत दिने २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । स्पष्टीकरणको जवाफ आजै पठाइने नेपाल समूहका एक नेताले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेपालसहित एमालेका २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरूलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइए पनि फ्लोर क्रसबारे केही बोलिएको छैन ।

सोही स्पष्टीकरणको जवाफ आज दिने नेपाल समूहको तयारी छ ।


कस्तो लाग्यो ?

यो पनि